काठमाडाैं । स्राेत नखुलेकाे ५ लाख ३० हजार रूपैयाँसहित एक जना इञ्जिनियर पक्राउ परेका छन् ।
प्रदेश ५ को बाँकेस्थित पूर्वाधार विकास कार्यालयका सिनियर डिभिजन इञ्जिनियर मनिषकुमार अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले अर्याललाई कार्यलय परिसरबाटै आज पक्राउ गरेकाे हाे । यसबारे थप अनुसन्धान भइरहेकाे अख्तियारले जनाएकाे छ ।
Comment