काठमाडाै । सरकारले नेपाल चेम्बर अफ कमर्सको (सातौं संशोधन) विधान, २०७७ स्वीकृत गर्ने निर्णय गरेको छ । गएको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न २२ ओटा निर्णयहरु गरेको हो ।
सरकारले नेपाली सेनाका प्रमुख सेनानी सरोजकुमार अधिकारीसमेत तीन प्रमुख सेनानीहरूको बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ ।
महासेनानी दिपेशजंग शाहसमेत १२ महासेनानीहरूको सरुवासमेत गरेको छ ।
यस्तै, नेपाली सेनाका प्राविधिक प्रमुख सेनानी सुमित्रा मुलेपतीलाई प्राविधिक महासेनानी दर्जामा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरिएको छ ।
उच्च शिक्षाका लागि विदेशी विश्वविद्यालयहरूमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूलाई वैदेशिक अध्ययन अनुमतिपत्र जारी गर्ने कार्य पुनः सुचारू गर्ने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।
Comment