ओखलढुंगाका भूकम्प पीडित किसानलाई निःशुल्क धानको बीऊ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

ओखलढुंगाका भूकम्प पीडित किसानलाई निःशुल्क धानको बीऊ



ओखलढुंगा।  ओखलढुंगाका भूकम्प पीडित किसानलाई निःशुल्क धानको बीऊ वितरण सुरु भएको छ । भूकम्पको कारण बीऊका लागि राखिएको धान नष्ट भएका किसानलाई जिल्ला कृषि विकास कार्यालयले निःशुल्क धानको बिऊ वितरण सुरु गरेको हो ।

विनासकारी भूकम्पबाट किसानले बीऊका लागि छुट्टाएको धान पुरिएकाले ती किसानलाई निःशुल्क बीऊ वितरण गर्न थालिएको बरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद अधिकारीले बताउनुभयो ।

खुमलटार, अटे, खुमल– १०, खुमल– ११, राधा– ४ रामधान, सुक्का–२ जातका कुल २७.५ मेट्रिकटन धानको बीऊ जिल्लाका सबै गाविसका किसानलाई वितरण गरिने अधिकारीले जानकारी दिनुभयो ।

भिभड पोखरा र सेभ द चिल्डे«न काठमाडांैले पनि ओखलढुंगाका किसानका लागि धानको बीऊ पठाएर सहयोग गरेका छन् । अहिले जिल्लाकै विभिन्न गाविसमा पनि सेवा केन्द्रले स्थानीय जातका धानको बीऊ संकलन गरी  वितरण गर्ने काम भैरहेको कार्यालयले जनाएको छ ।

गाविसस्तरका कृषि वन तथा वातावरण समितिमार्फत बीऊ वितरण भैरहेको छ । भूकम्प प्रभावित ओखलढुंगा सहितका जिल्लाहरुमा ४ सय टन धानको बीऊ वितरण गर्ने कृषि मन्त्रालयको निर्णय अनुसार प्रभावित जिल्लामा बीऊ वितरणको काम भैरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

प्रकाशित : २० जेष्ठ २०७२, बुधबार १२:५४