काठमाडाै । अख्तियार दुरुपयाेग अनुसन्धान आयोगमा कार्यरत १५ जनामा कोरोना भाईरस संक्रमण देखा परेको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गत आइतबार गरेको कोरोना परिक्षणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारीहरुमा कोरोना पुष्टि भएको जनाएको छ।
महाशाखाका महानिर्देशक डा. वासुदेव पाण्डेका अनुसार,१ सय ८२ जनाको स्वाब संकलन गरिएकोमा १५ जनामा संक्रमण देखिएको हो ।जसमध्ये सुरक्षाकर्मी धेरै रहेको जनाइएको छ ।
Comment