कोरोना भाइरसविरुद्धको उपयुक्त खोप कहिल्यै पत्ता नलाग्न सक्छ- डब्ल्यूएचओ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

कोरोना भाइरसविरुद्धको उपयुक्त खोप कहिल्यै पत्ता नलाग्न सक्छ- डब्ल्यूएचओ



काठमाडाै । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसविरुद्धको खोप चाँडै उपलब्ध हुने आशा रहे पनि उपयुक्त खोप कहिल्यै पत्ता लाग्न नसक्ने जनाएको छ । संगठनका महानिर्देशक डाक्टर टेड्रोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरस विरुद्धको खोप चाँडै उपलब्ध हुने आशा रहे पनि उपयुक्त खोप कहिल्यै पत्ता नलाग्न सक्ने बताएका हुन ।

उनले विश्वभरका मानिसलाई सामाजिक दूरी, हातको सफाइ तथा मास्क प्रयोग गर्नेसहितका उपायहरु अपनाउन अपिलसमेत गरे ।

केही खोपहरु तेस्रो चरणको मानवीय परीक्षणको क्रममा भएकाले सङ्क्रमणबाट जोगाउन खोप प्राप्त हुने आशा रहेको भन्दै अहिलेका लागि महामारी नियन्त्रणमा लिने उपाय भनेको परीक्षण, आइसोलेशन र बिरामीको उपचार नै भएको बताए ।

यस्तै सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी गरी क्वरेण्टीनमा राख्नुको विकल्प नभएकोउनको भनाइ छ । यसैबीच डाक्टर टेड्रोजले कोरोना भाइरसको सङ्क्रमण भएका आमाहरुलाई सन्तानलाई दूध चुसाउन नछोड्न पनि आग्रह गरेका छन्

दूधबाट सङ्क्रमण नफैलिने भएकाले स्तनपान जारी राख्नसमेत उनले जोड दिएका छन् । अहिलेसम्म विश्वभर एक करोड ८४ लाख भन्दा धेरै मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ६ लाख ९७ हजारको ज्यान गएको छ । १ करोड १६ लाख भने उपचारपछि निको भएका छन् ।

प्रकाशित : २० श्रावण २०७७, मंगलवार १३:०८