काठमाडाै । नेपाल उद्योग वाणिज्य महासंघले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । महासंघले साउन २१ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।
साउन २६ र २७ गते हुने भनिएको महासंघको ५४ औं साधारण सभा उक्त मितिमा नहुने भएपछि बरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकाल समूह रुष्ट बनेको छ ।२१ गतेको बैठकले महासंघको साधारण सभाको नयाँ मिति तोक्न सक्ने पनि जनाईएको छ ।
महासंघको पदाधिकारी बैठकले सरकारले सभा सम्मेलन गर्न दिने निर्णय गरेको १५ दिनभित्र साधारण सभा गर्ने भन्दै साधारण सभा स्थगित गरेपछि ४० सदस्यले लिखित रुपमा नै पत्र पेश गर्दै केन्द्रीय कार्यसमिति बैठकको माग गरेका थिए ।
Comment