धितोपत्र बोर्डले भन्यो- सगुनको गतिविधी गैरकानुनी, लगानीकर्ताहरु होसियार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

प्रविधी

धितोपत्र बोर्डले भन्यो- सगुनको गतिविधी गैरकानुनी, लगानीकर्ताहरु होसियार

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सगुनमा लगानी नगर्न आग्रह गरेको छ । अमेरिकन नेटवर्किङ कम्पनी सगुनलाई नेपालीलाई लक्षित गर्दै आईपीओको प्रचारप्रचार गर्न प्रतिबन्ध लगाएको छ । मिनी आईपीओको नाममा नेपालमा हुण्डी लगायत गैरकानूनी धन्दा संचालन गर्दै आएको सगुनलाई नेपाल धितोपत्र बोर्डले एक सुचना जारी गर्दैै त्यस्ता प्रचारप्रसार तथा नेपालीलाई लक्षित गरी आईपीओ जारी गर्न रोक लागाएको हो ।

सुचनामा भनिएको छ, ‘केहि समय यता विभिन्न पत्रपत्रिका तथा सञ्चार माध्यमहरुमा विदेशमा दर्ता भएको सगुन इन्कर्पोरेशन जस्ता कम्पनीले नेपाली लगानीकर्तालाई लक्षित गरी धितोपत्रको सार्वजनिक निष्काशन जारी गरेको समाचार र विज्ञापनहरुप्रति बोर्डको गम्भिर ध्यानाकर्षण भएको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २७ (१) मा संगठनित संस्थाले नेपालमा धितोपत्रको निष्काशन गर्नु अघि बोर्डमा दर्ता गराउनुपर्ने र दफा २९ (१) मा संगठनित संस्थाले एक पटकमा ५० जना भन्दा बढि व्यक्तिहरुलाई धितोपत्र विक्रि वितरण गर्ने भएमा त्यस्तो धितोपत्रको विक्रि वितरणको निमित्त सार्वजनिक निष्काशन गर्नुपर्ने भन्ने व्यावस्था रहेको छ ।’

त्यस्तै, बोर्डको स्किृती बिना नेपालमा धितोपत्रको निष्काशन गर्ने कार्य गैरकानुनी हुने र त्यस्तो धितोपत्रमा लगानी गर्दा विद्यमान कानुननको व्यावस्थाबाट लगानीकर्ताहरुको हित संरक्षण नहुने हुँदा कुनै पनि कम्पनीले गर्ने धितोपत्रको सार्वजनिक निष्काशनमा लगानी गर्दा बोर्डको स्किृती प्राप्त गरेको निष्काशनमा मात्र लगानी गर्न बोर्डले आव्ह्वान गरेको छ ।

अमेरिकामा स्थापना भएको सगुनले केहि समय अघि नेपालमा कार्यालय नै स्थापना गरेर सगुनमा लगानी गराउन प्रचारप्रसार गर्दै आएको थियो । त्यस्तै, भारत लगायत अन्य देशमा अफिस नै स्थापना गरेर आईपीओ बिक्रीका लागि प्रचारप्रसार गर्दै आएको छ ।

प्रकाशित : १४ श्रावण २०७७, बुधबार ११:११ 29 July, 2020 11:11 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।