सार्वजनिक यातायात साउन ८ गतेदेखि सञ्चालन गर्ने घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सार्वजनिक यातायात साउन ८ गतेदेखि सञ्चालन गर्ने घोषणा



काठमाडौं । यातायात व्यवसायीले सार्वजनिक यातायात साउन ८ गतेदेखि सञ्चालन गर्ने घोषणा गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

सरकारको अनुमतिसँगै यसअघि साझा यातायात, सुन्दर यातायात, संयुक्त यातायात र मयुर यातायातले सेवा सूचारु गरिसकेका छन्।

माइक्रो र टेम्पुहरु समेत सञ्चालन भइरहेका छन्। असन्तुष्ट रहेका व्यवसायीहरु समेत अब आफ्नो सेवा सूचारु गर्न सहमत भएका हुन।

प्रकाशित : ६ श्रावण २०७७, मंगलवार १६:३७