काठमाडौं । हिमालयन बैंकको सञ्चालक समितिले अशोक शमशेर राणालाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ ।
बैंक तथा वित्तिय संस्था ऐन (बाफिया) ले दुई कार्यकाल भन्दा बढी एकै बैंक तथा वित्तिय संस्थामा सीईओ हुन रोक लगाएको छ ।
बाफिया लागू भएयता राणाले एक कार्यकाल मात्र पुरा गरेकाले उनलाई पुनः नियुक्तिमा कुनै अवरोध नभएको निष्कर्षका आधारमा राणालाई सञ्चालक समितिको सोमबारको बैठकले अर्को कार्यकालका लागि सीईओ नियुक्त गरेको हो ।
Comment