काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि पानी हालिएको छ ।
आइतवार बिहान मुख्य सुरुङमा पानी हालिएको आयोजनाले बताएको छ । काठमाडौंतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिट मार्गबाट पानी परीक्षण गरिएको हो ।
हेलम्बु गाउँपालिका–१ अम्बाथानमा रहेको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरुङसम्म पानी हालेर परीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
मेलम्चीको मुख्य सुरुङमा पानी हालेर परीक्षण गरिएको आयोजनाका कार्यकारी निर्देशक रितेशप्रसाद खत्रीको भनाइ छ ।
यता, खानेपानी मन्त्री विना मगरले मेलम्ची उद्घाटन टाढा नभएको बताएकी छन्।
आइतबार पत्रकार सम्मेलन गरी अन्तिम चरणमा काम भैरहेकाले छिट्टै उद्घाटन गरेर राजधानीवासीलाई पानी वितरण गर्ने मन्त्री मगरले बताइन्।
उनको विभिन्न उतारचढाव र समस्याहरु खेपेर प्राविधिक रुपमा चुनौतीपूर्ण बनेको आयोजना पूरा हुन लागेको दाबी छ।
आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले दुइ दशक लामो मेलम्ची सपना यर्थाथमा परिणत हुन लागेको बताए। परीक्षणको लागि आवश्यक तयारी गरेर सुरु गरेसंगै आयोजना नयाँ चरणमा प्रवेश गरेको उनको भनाइ छ।
Comment