काठमाडौ । नेपालको अग्रणी अनलाइन बजार,दराजले नेपालको पहिलो अनलाइन भुक्तानी सेवा प्रदायक र अग्रणी डिजिटल वालेट, इसेवा सँग सहकार्य सुरु गरेको छ।
यो साझेदारीको साथ, प्रयोगकर्ताहरूले सजीलै दराज एपमा खरीद गरेको कुनै पनि चीजको लागि इसेवा मार्फत भुक्तानी गर्न सक्दछन्। यो नयाँ भुक्तानी प्रक्रियाले दराजमा किनमेल गर्न अझै सरल, सहज र भरपर्दो बनाउनेछ। यसले चेक आउट प्रक्रिया को समय घटाउनेछ, डिजिटल सुरक्षा अझै बलियो बनाउने छ र प्रयोगकर्ताहरुलाई सामाजिक दुरी कायम गर्न पनि सहयोग पुर्याउनेछ।
दराजमा इसेवा वालेट प्रयोग गर्न, ग्राहकहरूले पहिले आफ्नो इसेवा खातालाई दराज एपसँग लिङ्क गर्नुपर्नेछ। लिङ्क भइसकेपछि ग्राहकहरूले ओटिपी मार्फत किनमेल गर्न सक्नुहुनेछ। इसेवा वालेट मार्फत पेमेन्ट गरे पैसा फिर्ता लिनुपर्ने स्थितिमा फिर्ता लिने प्रक्रिया पनि छिटो हुनेछ ।
Comment