निजी क्षेत्रमा अख्तियार प्रवेश गर्दैनः प्रधानमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

निजी क्षेत्रमा अख्तियार प्रवेश गर्दैनः प्रधानमन्त्री



प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रमा अख्तियार प्रवेश नगर्ने बताएका छन् । नेपाल उद्योग परिसंघको १७ औं बार्षिक साधारण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ओलीले भने ‘निजी क्षेत्रलाई अख्तियारले पनि हेर्ने कुरा अगाडि आयो ।

अख्तियारको क्षेत्राधिकार बढाएर नीजि क्षेत्रको नियमनसमेत गर्ने जिम्मा दिने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो धारणा राखेका छन् । उहाँले नीजि क्षेत्रको नियमन गर्ने निकाय धेरै भएकाले अख्तियारको क्षेत्राधिकार बढाउनेबारेको विधेयक सरकारले तत्काल अघि नबढाउने बताएका हुन् ।

‘नियमनकारी निकाय धेरै छन्’ उनले भने, ‘अख्तियारले नै नियमन गर्नुपर्छ भन्ने छैन । तत्कालका लागि यो विधेयक अघि बढ्दैन भनेर मैले भनिसकेको छु ।’सरकारले निजी क्षेत्रलाई कुनै पनि हालतमा हतोत्साहित नगर्ने पनि ओलीले बताए । अहिलेको अवस्थामा सरकार र नीजि क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको उनको तर्क छ ।

प्रकाशित : १५ असार २०७७, सोमबार १२:४०