काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराई सोमबार दिउँसो १ बजे नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्र सूचारु गर्नका लागि तयार पारेको प्रोटोकल सार्वजनिक कार्यक्रममा बोल्दै गर्दा पोर्न साइट बज्न पुगेको छ ।
कोरोना महामारीका कारण मिटिङ जुम एपमा गरिएका थियो । १ बजेदेखि शुरु भएको मिटिङमा वक्ताहरुले आफ्नो भनाइ राख्दै थिए । करिब २ बजेतिर पर्यटनमन्त्री योगेश भट्टराई बोल्नेपालो आयो ।
पर्यटनमन्त्री त्यस्तै २ मिनेट जति बोलेपछि एक्कासी जुममा पोर्न बज्न थाल्यो । अनेकन म्यूजिकसँगै पोर्नका साइट भटाभट खुल्न थाले । लगत्तै जुमको च्याट बक्समा नरेन्द्र मोदी र योगेन्द्र अम्बानीका नाममा अश्लिल म्यासेजहरु आउन थाले ।
मिटिङमा देशभरीका पर्यटनमन्त्रीसँगै पर्यटन व्यवसायी, बोर्डका पदाधिकारी तथा पत्रकार गरी २ सयभन्दा बढी सहभागी थिए ।
यसअघि वर्तमान सरकारका पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बासकोटाले इन्टरनेटमा पोर्न साइटहरु नखुल्ने बनाएका थिए । यस्तै पर्यटन मन्त्रालयले यस बिषयमा छानबिन गर्न समेत निर्देशन गरेको छ ।
Comment