गृह मन्त्रालयबाट आयो कडा निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

गृह मन्त्रालयबाट आयो कडा निर्देशन



काठमाडौं । सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाएको छ । शुक्रबार गृह मन्त्रालयले जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ मार्फत अत्यावश्यक कामबाहेक राति १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो ।

यस्तै, गृहमन्त्रालयले जारी गरेको निर्देशिका अनुसार विवाह, ब्रतबन्ध, मृत्यु संस्कार, चाडपर्व, पूजापाठ आदि कार्यमा १५ जनाभन्दा बढी भेला हुन निषेध गरिएको छ । अनुमति प्राप्त अन्तर्राष्ट्रिय नाकाबाट प्रवेश गर्ने सबै व्यक्तिहरूले न्यूनतम दुई मिटर सामाजिक दूरी कायम गर्नुपर्नेछ । तोकिएको वा भारतबाहेक अन्य मुलुकबाट नेपाल प्रवेश गर्नेको हकमा स्वेच्छिक क्वारेन्टाइन वा होटल क्वारेन्टाइन बस्न सकिनेछ ।

यसरी बस्दा सार्वजनिक शान्ति र सुव्यवस्थालाई समेत पालना गर्नुपर्नेछ । साथै, क्वारेन्टाइनमा बस्दा समेत तोकिएको सामाजिक दूरी कायम गर्नु, गराउनु पर्ने गृह मन्त्रालयले बताएको छ । त्यस्तै, मालसामान ढुवानी गर्ने कुनै पनि प्रकारका गाडीबाट यात्रु ओसारपसार गर्न पनि गृह मन्त्रालयले प्रतिबन्ध लगाएको छ ।

प्रकाशित : ५ असार २०७७, शुक्रबार २०:५८