भीडभाड बढेको भन्दै बैंकका सीमित शाखाहरु मात्र खोल्न निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

भीडभाड बढेको भन्दै बैंकका सीमित शाखाहरु मात्र खोल्न निर्देशन



काठमाडौं । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई सीमित शाखाहरुबाट मात्रै सेवा दिन निर्देशन दिएको छ ।

सबै शाखाबाट सेवा दिंदा भीडभाड बढेको भन्दै राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । राष्ट्र बैंकले काठमाडौं उपत्यकाका तीन जिल्लालाई मान्य हुने गरी नयाँ पास समेत जारी गरेको छ ।

जस अनुसार बाणिज्य बैंकहरुलाई प्रति बैंक २० तथा विकास बैंक र फाइनान्सहरुलाई १० वटा पासको व्यवस्था गरेको छ । यो निर्देशनसंगै बैंकहरुका सीमित शाखाहरु मात्रै खुल्ने भएका छन् ।
गत आइतवारबाट बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना शाखा कार्यालयबाट सेवा दिन शुरु गरेका थिए ।

राष्ट्र बैंकले प्रत्येक वाणिज्य बैंकलाई २० ओटा, विकास बैंकलाई १० ओटा, वित्त कम्पनीलाई ८ ओटा र लघुवित्त कम्पनीलाई ५ ओटा मात्र सवारीसाधनको पास दिएको हो ।

प्रकाशित : ३१ बैशाख २०७७, बुधबार २२:०५