भारतीय आयल निगमले के भन्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

Feature News

भारतीय आयल निगमले के भन्यो ?

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्
indionoilकाठमाडौं । इन्डियन आयल निगम (आईओसी)ले नेपालले मागेजति इन्धन दिन तयार रहेको वताएको छ। आईओसीका अधिकारीले काठमाडौंमा नेपाल आयल निगम (एनओसी)का अधिकारीलाई यस्तो बताएका हुन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ – नेपाल भ्रमणमा आएका आईओसीका मुख्य प्रबन्धक पीपी उकियाल र बजार व्यापार विकाससम्बन्धी उपमहाप्रबन्धक सौमित्र सेनले निगमका कार्यकारी निर्देशक गोपाल खड्कासँग संयुक्त रुपमा वार्ता गरी नेपालले मागअनुसार इन्धन दिने आश्वासन दिएका छन्।
निगम स्रोतका अनुसार सोमबार आईओसी र एनओसीका अधिकारीबीच अबेर रातिसम्म द्विपक्षीय वार्ता र छलफल भएको थियो। ‘राति अबेरसम्म द्विपक्षीय वार्ता भयो, निगम स्रोतले भन्यो,‘वार्ताको क्रममा आईओसीले मागेको परिमाणमा इन्धन उपलब्ध गराउन आफूहरु तयार रहेको प्रतिबद्धता जनाएका थिए।’
स्रोतका अनुसार एनअोसीले द्विपक्षीय व्यापार सम्झौता अनुसार नेपालले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि अार्इओसीले निगमको मागअनुसार इन्धन उपलब्ध गराउन नसक्दा नेपाली बजारमा इन्धनको ठूलो अभाव खड्किएको र उपभोक्तामाझ निगम आलोचनाको पात्र बनेको भन्दै बेलिविस्तार लगाएको थियो।

प्रकाशित : २४ चैत्र २०७२, बुधबार ०३:०५ 6 April, 2016 3:05 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।