काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उपचारका लागि प्रभावकारी हुने औषधि पत्ता लागेको दावी गरेका छन् ।
ह्वाइटहाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले औषधि उत्पादक कम्पनी फाइजरले कोरोना भाइरसको संक्रमण फेरि फैलिन नदिन प्रभावकारी हुने औषधि उत्पादन गरेको बताएका हुन् ।
औषधिको मानिसमा परीक्षण हुन बाँकी रहेको र चाँडै मानवीय परीक्षण गरिने जानकारी उनले दिए । ट्रम्पले अहिले त्यसको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले परीक्षण गरिरहेको पनि बताए ।
कोरोना भाइरसको संक्रमण निको भएकामा फेरि संक्रमण फैलिएका भने चिन्तामा परेकाहरुलाई यो खुशीको खबर हो । महामारी नियन्त्रण गरेको चीन पनि फेरि कतै देशमा महामारी फैलिन्छ कि भन्ने चिन्तामा छ ।
ट्रम्पले कोरोना भाइरसको उपचारमा मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीन प्रभावकारी हुने भन्दै उक्त औषधि पठाउन भारतसँग आग्रह नै गर्दै आएका छन् । ट्रम्पले अमेरिकामा २० लाखभन्दा बढी व्यक्तिको कोरोना भाइरस परीक्षण गरिएको दाबी पनि गरे ।
Comment