काठमाडौ । नेपाली किसान बर्गका समस्या आमूलरुपमा परिवर्तन हुनुपर्ने दिशामा कार्यरत देशका ५ किसान सम्वद्ध संगठनहरुले आज मधेशी मिडिया हाउसमा आयोजित अन्तर सम्बाद कार्यक्रममा देशका किसानका समस्या हल नभई राष्ट्रियता, जनतन्त्र र जनजीबिका समस्या हल हुन नसक्ने र देशले बिकासको सहीबाटो लिन नसक्ने निष्कर्श निकाले ।
अखिल नेपाल किसान महासंघ(अप्फा) अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान संघ तथा फ्याक्ट नेपालको सयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा कृषि बिशेषज्ञ, अनुसन्धाता र किसान सगठनका नेताहरुले यो निष्कर्श निकाले हुन् ।
कार्यक्रममा आफ्नो बिचार राख्दै कृषि तथा बन बिश्व बिद्यालयका पूर्ब उपकुलपति तथा कृषि बिज्ञ डा. कैलाशनाथ प्याकुरेलले जमिन जस्तो प्रकृति प्रदत्त श्रोत कसैको निजी सम्पत्ति हुन नहुने र यो सबैको साझा श्रोत हो र साझा रुपमा उपयोग गर्ने नीति लिए मात्र किसान र कृषिको समस्या हल हुने दिशा लिन सकिन्छ ।
यसो नभएर यसलाई ब्यक्तिगत सम्पत्ति र हैसियत आक्ने बस्तु सरह बनाइदा समस्या उत्पन्न भएको कुरा ब्यक्त गरेका थिए । जमिनमा असमान बितरणको कारण पनि यही भएको र भूमि सुधारले हल गर्नु पर्ने, किसान र जमिनको उत्पादकत्व बृद्धि गर्नु पर्ने, कृषिलाई आकर्ष बनाए रोजगारी पैदा गर्ने दिशामा जान खेतीप्रणालीलाइ सहकारी र सामुहिकी करण गरेर जाने र संबिधानले औंल्याएको समाजबाद उन्मुख हुन सकिने बाटो अख्तियार गरिनु पर्ने डा. प्याकुरेलको प्रष्ट बिचार थियो । डा.प्याकुरेलले पाच किसान सम्वद्ध संगठनहरले किसान नीति, भूमि नीति र भूमिनीति सम्वन्ध मागहरुमा असहमत जनाउन पर्ने देखिदैन अझ प्रष्ट र परिमार्जितगर्न भने सकिन्छ भन्ने प्रष्ट पारेका थिए । डा. प्याकुरेलले कुन बर्गको उन्नति भइरहेको छ, कसको जीवन स्तर उठिरहेको छ र कसको जीवन स्तर खस्किदै गएको छ यसको ठोस अध्ययन अनुसान्धन गरेर कृषि नीति बनाउन पर्ने आवश्यकता पनि औंल्याएका थिए ।
देशका एक प्रमुख बैज्ञानिक धानबाली बिज्ञ भोलामानसिं बस्नेतले आफनो मन्तब्य राख्दै कृषिको उत्पादकत्व र उत्पादन बढाएर देशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिने आधारहरु छन् र त्यसो गर्न सकिने कुरा प्रष्ट पार्दै राज्यले त्यस्तो नीति बनाउन पर्ने र आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउन सकेमा मात्र किसान र कृषिको समस्या हल गर्दै अघि बढ्न सकिने प्रष्ट पारेका थिए । उनल धानबालीको बिउ छान्ने गुणस्तीय बिउको उपयोग गरी बढी उत्पादन गर्न जैबिक र अजैबिक दुबै मलको सन्तुलित उपयोग गर्ने बिधि अपनाउनु पर्ने, किसानको बजार सुनिश्चित र लाभकारी हुनुपर्ने र राज्यले बैज्ञानिकरुको ठिक ढंगले उपयोग गर्न सक्षम हुनुपर्ने पनि औंल्याएका थिए ।
आफु ‘रिटायर्ड’ भए पनि ‘टायर्ड’ नभएको उल्लेख गर्दै कृषिमा सफलताका गाथाहरु दशाएर उत्साजनक र प्रेरणादायी बतावरण बनाउन राज्य, किसान सगठन र सञ्चार माध्यमहरुको पनि महत्वपूर्ण भूमिका हुन्छ भन्ने कुरा पनि प्रष्ट पारेका थिए ।
कार्यक्रममा पाँच संगठनको तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ्गले किसान, कृषि र भूमि नीतिमा आमूल परिवर्तन ल्याउन किसान अन्दोलनमा उत्रिनुको कुनै बिकल्प छैन भन्ने कुरा प्रष्ट पारेका थिए । उनले किसानहरुका मागमा राष्ट्रियताका मागहरु खाशगरी भारतीय सीमा अतिक्रमण र एमसीसी खारेजी जस्ता मुद्दालाई पनि समावेश गरिएको औंल्याएका थिए ।
कार्यक्रमको सभापतित्वको आसनबाट बोल्दै अखिल नेपाल किसान महासंघ(अप्फा)का अध्यक्ष भैरब रेग्मीले नेपाली किसानका समस्या समाान गर्ने साझा मागमा सहमत हुने सबै किसान संगठन, बिशेषज्ञ र बुद्धिजीवीहरु एकजुट भएर अघि बढ्न सक्ता मात्र देशका समस्या हल भएर जाने छ र राष्ट्रिय पूजीवादको बिकास भएर बैज्ञानिक समाजबादमा पुग्न सकिन्छ भन्ने कुरा औंल्याएका थिए । उनले भ्रष्टाचार माफियातन्त्रले कृषि क्षेत्रलाई तहस नहस पारिरहेको र यसका बिरुद्ध सबै एक जुट भएर संघर्ष गर्नु पर्ने आह्वान गरेका थिए ।
कार्यक्रम सञ्चालन गर्दै अखिल नेपाल किसान यूनिनयका अध्यक्ष लोकनारायण सुबेदीले देशमा ०७ सालदेखि नै अहिलेसम्म बिभिन्न राजनीतिक परिवर्तन हुँुदै अए पनि नेपाली कृषि र किसानको स्थितिमा भने कुनै उल्लेख्य परिवर्तन हुनुको साटो कृषि क्षेत्र उपेक्षित, दयनीय र अनाकर्ष बनेको औल्याउदै यसको निमित्त राज्य संचाकल शक्तिहरु नै जिम्मेवार छन् भन्ने कुरा प्रष्ट पारेका थिए । उनल देशको जीवनदायीनी शक्ति किसानको उपेक्षा हुने स्थिति कायम रहेसम्म देशले सही दिशा लिने र जनतामा खुशहाली आउदैन । त्यसैले जल जमिन, जंगल जडीबुटी किसानको सामुहीक हितमा उनीहरुको स्वामित्वमा कायम गर्ने दिशा लिन सकेमात्र हाम्रा श्रोत साधन जोगिने, राष्ट्रियता र जनतन्त्र पनि सबल हुने यसरी मात्र किसानको जीवन सुनिश्चित र भबिष्य उज्वल हुने कुरा प्रष्ट पारेका थिए ।
अखिल नेपाल किसान यूनियनका सल्लाहाकार रामबहादुर भण्डारीले किसानका तत्कालीन र दीर्घकालीन, सुधारबादी र आमूल परिवर्ननकारी माग बारे प्रष्ट हुनसकेमा मात्र किसान आन्दोलनलाई सही दिशा दिन मद्दत पुग्ने सुझाव दिएका थिए ।
उपस्थिति सबैलाई स्वागत गर्दै अखिल नेपाल प्रगतिशील किसान संघका अध्यक्ष सुरथ चौंलागाईले किसन सर्बत्र ठगिएका छन्, त्यसले गर्दा उनिहरुले उचित मूल्य पाइरहेका छैनन् र उपभोक्ता र किसान दुबै बिचौलियाको मारमा परेका छन् भन्ने बताएका थिए ।
फ्याक्ट नेपालका सचिव रत्नप्रसा जोशीले किसानको मेहनत र पसिनाको मूल्य नबुझ्ने सत्ता कायम रहेसम्म किसानका समस्या हल नहुने यथार्थ बुझेर किसानलाई सचेत तुल्याउन पर्ने औल्याउदै उपस्थित सबैलाई र खाशगर पूर्ब उपकुलपति डा. कैलाशनाथ प्याकुरेल र बरिष्ठ बैज्ञानिक धानबाली बिज्ञ भोलामानसिंह बस्नेतलाई कार्यक्रमको तर्फबाट बिशेष धन्यबाद दिइएका थिए ।
सत्ताधारी अखिल नेपाल किसान संघका महासंघका अध्यक्ष हरि पराजुलीले पाँच संगठनले प्रस्तुत गरेका मागहरुमध्ये भूमिसुधार र अर्ध औपनिवेशिक सम्वन्धि मागरु बाहेक अरु कुरमा सहमति हुन सकिने बताएका थिए ।
कार्यक्रममा बन बिज्ञ कृष्ण पोखरेल, कृषि बिज्ञ गोपाल पोखरेल, कृषि ब्यवसायी एकलाल श्रेष्ठ, किसान नेताहरु तुलसीराम सापकोटा, धनेश्वर पोखरेल, शिबहरी खनाल, सुरेन्द्र कटुवालरुले पनि किसान आन्दोलन उठाउन र कृषिमा उन्नति ल्याउन आ–आफ्ना महत्वपूर्ण सुझावहरु दिएका थिए ।
Comment