काठमाडाै । सरकारले प्रतिलिटर पेट्रोल र डिजेलमा थप ५ रुपैयाँ विकास कर थपेर १० रुपैया पुर्याएको छ । बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सोही मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडाले सो जानकारी दिएका हुन् । फागुन १२ गतेको मन्त्रिपरिषद् बैठकले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि उठाउने गरिएको करको दर बढाएको हो ।
सरकारले यस अघि बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि पेट्रोल र डिजेलमा ५ रुपैयाँ विकास कर लगाउने गरेको थियो। अब भने सरकारले त्यसमा थप ५ प्रतिशत थपेर १० प्रतिशत पुर्याउने निर्णय गरेको हो ।
Comment