सिजी कम्युनिकेशन प्रालिको सम्बन्धन खारेज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सिजी कम्युनिकेशन प्रालिको सम्बन्धन खारेज



काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले चौधरी ग्रुपको स्वामित्वमा रहेको सिजी कम्युनिकेशन प्रालिको सम्बन्धन खारेज गरेको छ। प्राधिकरणले समयमा नविकरण नगरेको भन्दै सम्बन्धन खारेज गरेको हो।

सिजीले २०६६ माघ १९ गते सातवटा जिल्लामा टेलिफोन सेवा सञ्चालनका लागि अनुमति पाएको थियो। यसअघि प्राधिकरणले नविकरणका लागि पटक–पटक तोकेता गर्दा पनि सिजीले बेवास्ता गरेको थियो।

प्राधिकरणको निर्णयविरुद्ध मन्त्रिपरिषदमा दिएको पुनरावेदन सुनुवाई नभएपछि मंगलबार सबै प्रक्रिया पूरा गरेर खारेजीको सूचना निकालेको हो।

प्रकाशित : २१ माघ २०७६, मंगलवार २१:२७