कोरोनाको असर लसुनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

कोरोनाको असर लसुनमा



काठमाडौं । काठमाडौंमा लसुनको मूल्य प्रतिकिलो दुई सय रुपैयाँले बढेको छ । काठमाडौंको बजारमा पुसको तेस्रो सातासम्म प्रतिकिलो दुई सय ५० रुपैयाँ रहेको सुकेको लसुनको औसत मूल्य अहिले बढेर पाँच सय ५० रुपैयाँ पुगेको छ ।

पछिल्लो समय चीनबाट लसुनको आयात घटेको कालिमाटी फलफूल तथा तरकारी विकास समितिले बताएको छ । समितिका अनुसार पुस महीनामा चीनबाट दुई सय ५० टन चिनियाँ लसुन आयात भएकोमा माघ महीनामा हालसम्म मात्र ९८ टन आयात भएको छ ।

गत सातादेखि आयात नै ठप्प भएकाले यसले बजारमा थप प्रभाव पार्न सक्ने समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । श्रेष्ठका अनुसार यो समयमा अन्यत्रबाट लसुनको आयात कम हुने भएकाले बजारमा चिनियाँ लसुन बढी हुने गर्छ ।

आयात यसैगरी प्रभावित भए यो मूल्य अझै बढ्न सक्ने श्रेष्ठ बताउँछन् । भन्सार विभागको तथ्यांकअनुसार यस आवको पहिलो ६ महीनामा चीनबाट ५४ करोड ५२ लाख रुपैयाँ बराबरको पाँच हजार ७८ टन लसुन आयात भएको छ ।

प्रकाशित : २१ माघ २०७६, मंगलवार ०७:४८