आकाशिदै सुनको भाउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आकाशिदै सुनको भाउ



काठमाडौं । बिहीबार तोलामा २ सय रुपैयाँ बढेको सुन आज पनि बढेको छ ।

आज सुन तोलामा २ सय रुपैयाँ बढेर छापावाल सुन प्रतितोला ७५ हजार २ सय तथा तेजावी सुन प्रतितोला ७४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला ७५ हजार तथा तेजावी सुन ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको भाउ बढेपनि चाँदीको भाउ भने स्थिर रहेको छ ।
आज चाँदी ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : १० माघ २०७६, शुक्रबार १२:०१