काठमाडाै । सरकार र आन्दोलनरत सर्लाहीका उखु किसानबीच लिखित सहमति भएको छ । सरकार र किसानबीच सरकारले तोकेको मूल्य दिनेसहित पाँचबुँदे सहमति भएको हो ।
उद्योगमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्तामा भएको सहमतिपछि उखु किसानको आन्दोलन पनि स्थगित छ ।
सहमतिअनुसार चिनी मिल सञ्चालकहरुले किसानको बक्यौता माघ ७ गतेभित्र उपलब्ध गराउन मन्त्रालयले समन्वय गर्नेछ ।
साथै भुक्तानीको समस्या हल गर्न स्वचालित मूल्यबारे अध्ययन गर्ने, सरकारले दिने अनुदान समयमै उपलब्ध गराउन मन्त्रालयले अर्थ र कृषिलाई लेखेर पठाउने सहमति भएको छ ।
Comment