काठमाडौं । पशु अधिकारकर्मीले कुकुर हत्याकादोषीलाई कानुनी कारबाहीकालागि अगाडि बढ्दा प्रहरी देखि सरकारी वकिलसम्मले बेवास्ता गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार रिपोर्टर्सक् लब नेपालमा दश वटा पशु अधिकारमा सक्रिय संघसंस्थाले संयुक्त पत्रकार सम्मेलन गरी कुकुर हत्याका दोषीलाई कडा कारबाही गराएरै छाड्ने बताए ।
तिनकुने सुविधानगरस्थित हेवन रेस्टुरेन्ट भएको भवनको पार्किङमा विगत दुई वर्षदेखि बस्दै आएको सेतु नाम गरेको कुकरको हत्या गरिएको एसपीसीए नेपालका अध्यक्ष विकेश श्रेष्ठले जानकारी दिए ।
शनिबार २१ मंसिरमा सेतुको हत्यामा संलग्न दोलाबिगु गाउँपालिका घरभई काठमाडौं शान्तिनगर बस्दै आएका सञ्जीव ओली र उनकी पत्नी प्रीती शेर्पासहित सातजनाको समूहले हत्या गरेको श्रेष्ठको भनाई छ ।
घटनामा महानगरीय प्रहरी वृत वानेश्वरका दुई जना प्रहरी पनि संलग्न रहेको दाबी गरिएको छ । श्रेष्ठले भने,‘कुकुर हत्या सामान्य हो भनी प्रहरीदेखि सरकारी वकिलसम्मले बेवास्ता गर्न खोजिएकाले गम्भीरताका साथ कानुनी उपचारका लागि लागेका छौं ।’
घटना घटेको तेश्रो दिन महानगरीय प्रहरी वुत्त बानेश्वरमा सेतु मारिएकोबारे उक्त भवनका केही बहालवाला व्यवसायीहरु मिली निवेदन दिइएको एसपीसीए नेपालका अध्यक्ष श्रेष्ठले बताए । उनले घटनाका दोषी माथि कानुनबमोजिम कारबाही हुनुपर्ने माग गरे । निवेदकहरुलाई सेतुको मालिक नभएको कारण उल्टो गालि र हप्किदप्कि गरी पठाइएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
एसपीसिए नेपालका संयाजकविकेश श्रेष्ठले सेतुबाहेक अरु कुकुरहरु अत्याधिक मात्रामा मरिरहेको र यसबारे कसैको ध्यान नपुगेको बताए ।
मुलुकी अपराध संहिता २०७४ को दफा २९० अनुसार पशुपंछीप्रति निर्दयी व्यवहार गर्न नहुने र सो गर्ने वा गराउनेलाई तीन महिनासम्म कैद वा पाँचहजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था नेपाल सरकारले गरेको अधिवक्ता पदमबहादुर श्रेष्ठको भनाई छ ।
Comment