गोर्खा इको प्यानलको आईएसओ चिन्ह विद्यमान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

गोर्खा इको प्यानलको आईएसओ चिन्ह विद्यमान



काठमाडौं । नेपालकै ठूलोमध्येको एक निर्माण सामाग्री कम्पनी गोर्खा इको प्यानलको आईएसओ चिन्ह विद्यमान भएको छ । पहिलो पटक सन् २०१६ मा आईएसओ चिन्ह प्राप्त यस कम्पनीको आईएसओ चिन्ह पुनः नवीकरण भएको हो ।

नवीकरणपछि नेपालका लागि आईएसओ चिन्ह वितरक नेसनल सर्टिफिकेशन एण्ड म्यानेजमेन्ट नेपाल प्रालिका निर्देशक जनार्दन घिमिरे र अपरेशन म्यानेजर निर्भिक श्रेष्ठले संयुक्त रुपमा गोर्खा इको प्यानलका नायब महाप्रबन्धक सुरेश कवाँंलाई नयाँंं बानेश्वर काठमाडौको कार्यालयमा प्रमाणपत्र वितरण गरियो ।

आईएसओ चिन्ह प्रत्येक तीनतीन वर्षमा नवीकरण गर्नुपर्छ । पहिलो पटक आईएसओ चिन्ह प्राप्त गरी गुणस्तरलाई बृद्धि गर्दै लगेपछि मात्रै आईएसओ चिन्ह नवीकरण हुने प्रणाली छ । गोर्खा इको प्यानल भित्री तथा बाहिरी पाटेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री कम्पनी हो ।

प्रकाशित : १ पुष २०७६, मंगलवार २०:२९