नाडाकाे अध्यक्षमा कृष्णप्रसाद नेपाल निर्विरोध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नाडाकाे अध्यक्षमा कृष्णप्रसाद नेपाल निर्विरोध




काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालको अध्यक्षमा वर्तमान कृष्णप्रसाद दुलाल निर्विरोध चयन भएका छन् । दुलाल संगठनको वरिष्ठ उपाध्यक्ष रहेका थिए ।

अध्यक्षका अर्का दाबेदार रुपमा चार्चमा रहेका प्रकाश कपुरीले मनोनयन दर्ता नगरेपछि दुलाल स्वत् निर्विरोध भएका हुन् । औपचारिक घोषणा पुस ४ गते हुने नाडाको बार्षिक साधारणसभाबाट घोषणा हुनेछ । संगठनमा अध्यक्ष र कार्यसमिति सदस्यहरुका लागि निर्वाचन हुन्छ ।

नाडाको विधानअनुसार १ जना अध्यक्ष र साधारण सदस्यबाट १४ तथा संस्थागत मध्येबाट ४ जना गरी १९ जनाको कार्यसमिति रहने व्यवस्था छ । संस्थाका पदाधिकारीहरु कार्यसमितिले चयन गर्नेछ ।

प्रकाशित : २९ मंसिर २०७६, आईतवार १३:००