अपी पावर कम्पनीले२ अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अपी पावर कम्पनीले२ अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने



काठमाडौं। अपी पावर कम्पनीले ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना बनाउने भएको छ । कम्पनीले आगामी तीन बर्ष भित्रमा आयोजना सम्पन्न गरी सक्ने योजना बनाएको छ । कम्पनी यस अघि ८.५ मेगावाटको माथिल्लो नौगाड र ८ मेगावाटको नौगाड आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ ।

आयोजना लागत ७ अर्ब ४० करोड रुपैयाँ अनुमान गरिएको कम्पनीले जनाएको छ । जसमध्ये ३० प्रतिशत अर्थात २ अर्ब २२ करोड रुपैयाँ सेयर लगानी र बाँकी ५ अर्ब १८ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको ऋण लगानी हुनेछ । आयोजना बनाउन प्रतिमेगावाट लागत २० करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । अपीमा सर्वसाधारणको लगानी रहेको छ ।

आयोजनाबाट २६ करोड ४१ लाख युनिट बिजुली उत्पादन हुनेछ । हिउँदमा ३० र वर्षादमा ७० प्रतिशत ऊर्जा उत्पादन हुन छ । आयोजनाबाट उत्पादन हुने बिजुली १३२ केभी बलाँच सवस्टेशनमा जोडिने छ । कम्पनीले आयोजना निर्माणका लागि आवश्यक रकम जुटाउँन २०० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । अपीले २ अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासनको तयारी गरेको हो ।

प्रकाशित : २५ मंसिर २०७६, बुधबार ११:१९