फ्रि भिसा फ्रि टिकटको निर्णय उल्टाउने खेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

फ्रि भिसा फ्रि टिकटको निर्णय उल्टाउने खेल



1598657545_1458476206

काठमाडौं  । वैदेशिक रोजगारको व्यवसाय सञ्चालन गर्दै आएको म्यानपावरहरु यति बेला आन्दोलनमा छन् । विदेश जाने आम सर्वसाधारणसँग बढी रकम लिई ठगी गरेको भन्दै प्रहरीले त्यस्ता म्यानपावरको छानबिन थालेपछि व्यवसाय नै बन्द गरेर आन्दोलनमा उत्रिएपछि अहिले वैदेशिक रोजगार व्यवसाय त धरासायी बनेको छ नै विदेश जान भन्दै राजधानी काठमाडौं आईपुगेका सर्वसाधारण सडकमा नै अलपत्र परेका छन् ।

उनीहरु अहिलेको छानबिनको बहाना बनाएर निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था संशोधनको भित्री खेलमा लागेका छन् । गत फागुन १२ गते महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले १८ म्यानपावर कार्यालयमा छापा हान्दै केही सञ्चालकलाई पक्राउ गरेपछि त्यसको विरोधमा फागुन २३ गतेदेखि म्यानपावर कार्यालयनै बन्द गरेर व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । बाहिर प्रहरीले कार्यक्षेत्र नाघेर म्यानपावर व्यवसायीलाई धरपकड गरेको भन्दै विरोधस्वरुप कार्यालय बन्द गरेको भनेपनि भित्र भने तत्कालीन श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले असार २१ गतेदेखि लागू गरेको निःशुल्कको निर्णय सच्याइ मात्रै कार्यालय खोल्ने अड्डीसहित व्यवसायीले श्रम तथा रोजगार मन्त्रालयसँग सौदाबाजी गरिरहेका छन् । उनीहरुले कामदार पठाएबापत विदेशी कम्पनीले प्रवद्र्धनात्मक खर्च नदिएको अवस्थामा बढीमा रु १० हजार कामदारबाट लिन पाउने व्यवस्थाले आफूहरुको लागत नउठ्ने गुनासो गर्दै आएका छन् ।

व्यवसायीले कम्तीमा कामदारले पाउने तलबको एक महिनाको तलब प्रवद्र्धन खर्चबापत पाउनुपर्ने माग राख्दैआएका छन् र मन्त्रालयलाई यसमा मनाउने कोसिसमा छन् ।

प्रकाशित : ८ चैत्र २०७२, सोमबार ०७:२९