भक्तपुरको सवैभन्दा वढी कर तिर्ने करदातामा नेक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

भक्तपुरको सवैभन्दा वढी कर तिर्ने करदातामा नेक



काठमाडौं । भक्तपुर कर कार्यालयले पेश गरेको विवरण अनुसार भक्तपुरबाट सबै भन्दा बढी कर तिर्ने संस्था नेपाल इन्जिनियरिङ कलेज (नेक) रहेको छ । आर्थिक वर्ष २०७४।०७५ मा सवैभन्दा वढी कर तिरेबापत नेकलाई शुक्रबार सम्मान गरिएको छ ।


जिल्ला प्रसाशन कार्यालय भक्तपुरमा भाद्र ४, २०६० मा संस्था दर्ता ऐन २०३४ बमोजिम सामाजिक संस्थाको रुपमा दर्ता नं ५५२ कायम गरि दर्ता भएको यस नेपाल इन्जिनियरिङ कलेजले भक्तपुरका प्राईभेट कम्पनीहरु भन्दा पनि बढी कर तिरेको छ । उक्त वर्षमा उसले जिल्लामै सवैभन्दा वढी चार करोड दुई लाख भन्दा वढी कर तिरेको जनाएको छ ।


आन्तरिक राजश्व कार्यालय जगाती भक्तपुर प्रमुख कर अधिकृत सूर्यप्रसाद पोखरेलले कलेजका वोर्ड सदस्य शशिल भटराईलाई सम्मान गरे । कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापति, सम्मानित कलेजका वोर्ड सदस्य भटराईलगायतले बोलेका थिए ।


निस्वार्थ भावनाले २०५१ देखि सबै नेपालिलाई सर्वोकृष्ट उच्च शिक्षा प्रदान गर्ने मनसायबाट स्थापित यस कलेजमा २०७४ को श्रावण देखि सञ्चालकहरु बिच सामाजिक संस्थालाई निजिकरण गर्ने कि नगर्ने भन्ने बारे भिन्न अवधारणा श्रृजना भई कलेज समस्यामा परेको छ । स्वर्गिय संस्थापक अध्यक्ष प्रा. डा. श्री दीपक प्रसाद भट्टराई ज्यूको सामाजिक संस्थानै भएतापनि देशलाई शिक्षाबाट मात्र नभई करबाट समेत नेपाल र नेपालीलाई ठुलो योगदान दिन सकिन्छ भन्ने परोपकारी भावनाको कदर अनुरुप बिगत २५ वर्ष देखि सामाजिक संस्थाको रुपमा सञ्चालित यस नेपाल इन्जिनियरिङ कलेजले समाज कल्याण परिषद्बाट कर मिनाहको स्विकृतीको लागि पहल गरेको छैन ।

निजिकरण गर्न ईच्छुक सञ्चालकहरुले सञ्चालन गर्दा यस कलेजले आ.व. २०७२।०७३ मा कुल आय रु. २४ करोड ५२ लाख मात्र देखाएको छ भने कुल बचत रु. १४ लाख मात्र देखाएई भक्तपुर कर कार्यालयलाई कुल रु. १९ लाख मात्र कर तिरेको छ ।

निजिकरणबिरुद्ध लागेको नयाँ सञ्चालक समितिले २०७४ देखि कलेज सञ्चालन गरि आ.व. २०७३र०७४ मा कुल आय रु. ६० करोड ८१ लाख (जसमा आ.व. २०७२र०७३ सम्म पुरानो व्यवस्थापनले कर छली गर्ने मनसायबाट थप रु. २० करोड विभिन्न शिर्षकमा लुकाईएको समेत आयमा जोडिएको) र बचत रु. ३४ करोड ७८ लाख तथा आ.व. २०७४र०७५ मा कुल आय रु. ४० करोड ५४ लाख र बचत रु. ११ करोड ३४ लाख भनि कर कार्यालयमा पेश गरेको छ । आ.व. २०७४र०७५ को लेखा परिक्षको प्रतिवेदन अनुसारनै यस सामाजिक संस्थाले रु. ४ करोड भन्दा बढी कर तिरी भक्तपुरकै सबै भन्दा ठुलो करदाता हुन पुगेको छ ।


संस्थापकहरुनै मिली सामाजिक संस्थालाई निजिकरण गरि यस संस्थाको सम्पत्ती हड्न खोजे पनि विद्यार्थी, अभिभावक, स्थानिय समाजसेवी, शिक्षक तथा कर्मचारी लगायतको उच्च मनोवल तथा संयुक्त प्रयासले यो संस्था अझै बलियो रहेको भक्तपुर कर कार्यालयको यो सम्मानले देखाउँछ ।

यस्तो जटिल समयस्याको बिचमा यस पनि यो कलेज सामाजिक संस्थानै रहनुपर्ने मनसाय बनाएका विद्यार्थी, स्थानिय, शिक्षक तथा कर्मचारी समेतको संयुक्त सहयोगमा कलेज सञ्चालन गरिरहेका सञ्चालक मध्देका ई. सलिल भट्टराईले नेपाल इन्जिनियरिङ कलेजबाटनै देशमा निजि वा यो कलेज जस्तो निजि नेतृत्व द्वारा सञ्चालित संस्थाहरुलाई नेपालमा उच्च शिक्षा प्रदान गर्ने मार्ग दर्शन प्राप्त भएको भन्दै चाँगुनारायण नगरपालिका तथा पोखरा विश्वविद्यालय समेत संलग्न भई शिक्षा मन्त्रालयमा पेश गरिएको यस सामाजिक संस्थाको सञ्चालन ःयमबष्तिथ बारे सिफारिस कार्यानवयन गरि टुङ्ग्याइदिने जिम्मेवारी सरकार वहन गरिदिन आग्रह गर्नु भयो ।

प्रकाशित : ६ मंसिर २०७६, शुक्रबार २०:५०