काठमाडौं ।
देशमा उत्पादित विद्युत् खेर जान्छ किभन्ने चासो बढिरहेका बेला सरोकारवालाहरूले उत्पादन बढेपछि स्वतःमाग सिर्जना हुँदै जाने बताएका छन् । ऊर्जा सम्मेलन, २०१९ को अन्तरक्रिया कार्यक्रममा यस्तो बताइएको हो ।
सम्मेलनको पहिलो सत्रमा बोल्दै भारतका पूर्वऊर्जा सचिव आर भी शाहीले विद्युत खपतकालागि चिन्ता लिनु नपर्ने बताए । ‘हिजो बिहारमा पनि यही समस्या देखिएको थियो तर त्यहाँ उत्पादन बढ्दै गयो माग पनि सिर्जनाहुँदै गयो,’ बिहारको उदाहरण दिँदै उनले भने, विद्युत खपत वा बजार समस्य ाहोइन ।’
भारत–भुटानप्रसारण लाइन सञ्चालनमा रहेको, फेब्रुअरीसम्म ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइन ४०० केभी सञ्चालनमा आउने र २०२१ सम्ममाभारत–बंगलादेश डेडिकेटेड प्रसारण लाइनब न्ने उनले जानकारी दिए । उनका अनुसार भुटान, बंगलादेश, नेपालसँग ग्रीड सिंक्रोनाइजभई बिबिआइएन नै सिंक्रोनाइज हुनेछ ।
सीमापार बजारको ढोकाखुल्ने हुँदा दक्षिण एसियामा मिश्रित ऊर्जाको विकास मात्रनभई बजार समेत विस्तार हुने शाहीको भनाइ िथयो ।अन्तरदेशीय विद्युत् व्यापारको कुरा चलिरहँदानिजी क्षेत्रले उत्पादन गरेको विद्युत्को दर के हुन्छ, कस्ले किन्छ भन्ने चिन्ता बढिरहेको स्वतन्त्रऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का महासचिव आशिष गर्गले बताए ।
‘प्रसारण लाइनकुन ढाँचामा प्रयोग हुन्छ, लगानी कहाँबाट आउँछ तथानीतिगतव्यवधान कसरी हल हुन्छ भन्ने चिन्तायथावत छ,’ उनले भने, ‘सरकारले सहजीकरण नगर्ने हो भने निजी क्षेत्रको अर्बौं लगानी खेर जाने खतरा समेत देखिन्छ ।’
नेपालविद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रत्येक घण्टा मागमा उतार चढाव आइरहेको तर आपूर्ति निश्चित रहेको बताए । यो समस्या समाधानगर्न विद्युत्को क्षेत्रीय आदानप्रदान आवश्यक रहेको र डे अहेड तथा टाइम अहेड मार्केट त्यसकालागि प्रभावकारी हुने उनको तर्क थियो ।
यसैगरी, भुटानको ड्रुक ग्रीनपावर कर्पोरेशन लिमिटेडका प्रबन्ध निर्देशक छेवाङ रिन्जिनले देशमा ठूला लगानीकर्ता पाउन गाह्रो भएपनि भारतले सघाउनुका साथै उसैलाई बिक्री गरेर राम्रो आयगर्न सकेको बताए । ‘हामीले सानो परियोजनाबाट भारतको बजार पाउनप्रयास गरेकाथियौं,’ उनले भने, ‘अहिले भारतले, डे अहेड, टाइम अहेड जस्ता धेरै विकल्पल्याएको छ, यसबाट धेरै सहज भएको छ ।’
बंगलादेशका सरकारका सहसचिव मोहम्मद रोकुनउल हुसेनले आफ्नो देशमा स्वच्छ ऊर्जाको सम्भावना रहेको सोलार पावर राख्दा कृषि योग्य जमिनमा नोक्सानीहुने भएकाले पनि जलविद्युत्मै जोड दिएको बताए । यसकालागि नेपालबाट समेत जलविद्युत् किन्ने प्रयास भइरहेको उनको भनाइथियो ।
Comment