रेमिट्यान्स ४.९ प्रतिशतले कमी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

रेमिट्यान्स ४.९ प्रतिशतले कमी



काठमाडाैं । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) घटेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले कमी आई रु.२३० अर्ब २४ करोड कायम भएको जनाएको छ । अघिल्लो वर्षको सोहीअवधिमा विप्रेषण आप्रवाह ३७.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ४.६ प्रतिशतले कमी आएको छ ।
अघिल्लो वर्ष यस्तो आप्रवाह २४.५ प्रतिशतले बढेको थियो ।

ज्ञठ. समीक्षा अवधिमा खुद ट्रान्सफर प्राप्ति ३.७ प्रतिशतले कमी आई रु.२६० अर्ब ७७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति ३३.४ प्रतिशतले बढेको थियो । अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३४.८ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ०.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.७ प्रतिशतले घटेको थियो ।

प्रकाशित : ५ मंसिर २०७६, बिहीबार १५:३८