हिमस्टारको ‘अजबको गज्जब’ योजना सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

हिमस्टारको ‘अजबको गज्जब’ योजना सम्पन्न



काठमाडौं । गोल्छा ग्रुपको भगिनी संस्था हिम इलेकट्रोनिक्स प्रालिले दशैं, तिहार र छठको अवसर पारेर अजबको गज्जब’ योजना सम्पन्न भएको छ । कम्पनीले आफ्नो लक्षित टार्गेट भन्दा बढी बिक्री भएको जनाएको छ ।

कम्पनीले बडा दशैं, तिहार तथा छठको अवसर पारेर ग्राहकले हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा एसीलगायतको खरिदमा हिमस्टारका ड्राइआइरन, स्टिम आइरन ,ब्लेन्डर, मिक्स्चर, ग्राइन्दर तथा ३ वर्ष वारेन्टीसहित निशुल्क एसी जडान प्राप्त गरेका छन् । प्रसिद्ध ब्रान्ड हिमस्टारले नेपाली बजारमा स्तरीय होम अप्लाएन्सेस उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित : १ मंसिर २०७६, आईतवार २०:१८