व्याजदरमा चलखेल गर्ने बैंकहरुलाई केन्द्रिय बैंकले लाठो लागाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

व्याजदरमा चलखेल गर्ने बैंकहरुलाई केन्द्रिय बैंकले लाठो लागाउने



काठमाडाै । नेपाल राष्ट्र बैंक व्याजदर सम्बन्धि नीतिमा कठोर बनेको छ । राष्ट्र बैंकले व्याजदरमा चलखेल गर्ने बैंकहरुलाई कार्बाही गर्ने भएको छ । अब बढी ब्याज दिएर निक्षेप आकर्षित गरेका बैंकहरुमाथि काबार्हही हुने छ ।

यसबारेमा केही बैंकले बदमासी गरेको उजुरी परेपछि राष्ट्र बैंकले बैंकहरुलाई सर्कुलर जारी गरेको छ । राष्ट्र बैंकले ब्याजदरमा तलमाथि गर्ने बैंकलाई कारबाही सुरु गर्ने बताएको छ ।

यसअघि संस्थागत मुद्दति निक्षेप नविकरण गर्दा ९.६० प्रतिशतसम्म ब्याजदर दिन पाउने भद्र सहमति भएको थियो । अर्थमन्त्री र गभर्नरसहितको सहमतिमा बैंकर्स संघले ब्याजदरमा भद्र सहमति गरेको थियो । केही बैंकले उक्त भद्र सहमति तोडेपछि राष्ट्र बैंक कठोर बनेको हो । लिखित रुपमै पत्र पठाएर राष्ट्र बैंकले कार्बाही गर्ने बताएपछि बैंकहरु एकाएक पछि हट्न बाध्य भएका छन् ।

प्रकाशित : ८ कार्तिक २०७६, शुक्रबार १९:५०