लुम्बिनी बैंकले ल्यायो ‘आत्म निर्भर बचत खाता’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लुम्बिनी बैंकले ल्यायो ‘आत्म निर्भर बचत खाता’



काठमाडौं । लुम्बिनीे बैंक लिमिटेडले व्यक्तिगत बचत योजनालाई लक्षित गरेर लुम्बिनी आत्म निर्भर बचत खाता सुरु गरेको छ । ५५ वर्ष वा सो भन्दा माथिको ग्राहक वर्गलाई लक्षित गरेर लुम्बिनी आत्म निर्भर बचत खाता ल्याइएको बैंकले जनाएको छ।

न्यूनतम मौज्दात रु.५०० मा खोल्न सकिने लुम्बिनी आत्म निर्भर बचत खातामा बैंकले वार्षिक ४ प्रतिशत ब्याजदर प्रदान गर्ने छ।  निःशुल्क होम बैंकिङ सुविधा, एसटिसी डेबिट कार्डको ५ पटक निःशुल्क जुनसुकै बैंकबाट कारोबारको सुविधा, निःशुल्क चेकबुक तथा अनलाइन बैंकिङ्ग तथा एस एम एस अलर्टको सुविधा प्रदान समेत गर्ने बैंकले जानकारी गराएको छ।

आर्थिक वर्ष २०७१/७२ कोे तेस्रो त्रैमासिकको अन्त्यमा बैंकको कुल निक्षेप रु.१८.६४ अर्व, कुल कर्जा रु.१६.७५ अर्व तथा खुद मुनाफा रु.२४.६७ करोड रहेको र साथै हाल बैंकले १८ वटा शाखा मार्फत आफ्ना ग्राहकवर्गलाई सेवा प्रदान गर्दै आइरहेको समेत बैकले  विज्ञप्तीमा उल्लेख गरेको छ।

प्रकाशित : १३ जेष्ठ २०७२, बुधबार ०४:३९