एनआरएनएको नवौं विश्व सम्मेलनको तयारी अन्तिम चरणमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

एनआरएनएको नवौं विश्व सम्मेलनको तयारी अन्तिम चरणमा



काठमाडौं । मंगलबारदेखि काठमाडौंमा सुरु हुने गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।

एनआरएनएका महासचिव बद्री केसीले सोमबार पत्रकार सम्मेलन गरी ‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित हुने सम्मेलनको तयारी करिब पूरा भएको जानकारी दिएका हुन् ।

महासचिव केसीका अनुसार विभिन्न देशबाट १५ सय प्रतिनिधिहरु काठमाडौं ओर्लिसकेको जानकारी दिए । जसमध्ये १३ सय जनाले नामसमेत दर्ता गरिसकेका छन् ।

एनआरएनए प्रवक्ता भुवन घिमिरेका अनुसार प्रतिनिधिहरुको नामदर्ता सोमबार ३ बजेसम्म र वैकल्पिक प्रतिनिधिको साँझ ७ बजेसम्म नाम दर्ता गरिनेछ ।

दुई दिनसम्म होटल हायात रिजेन्सीमा आयोजना हुने सम्मेलनबाट नयाँ नेतृत्वसमेत चयन हुनेछ । विभन्न १४ पदका लागि ४२ जना चुनिने छन् । मतदानको कार्यतालिका २९ गते छ ।

आगामी नेतृत्वका लागि हालसम्म जर्मनीबाट कुमार पन्त र बेलायतबाट कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाल सरकार, नेपाल उद्योग बाणिज्य महासंघ र एनआरएनएको संयुक्त आयोजनामा हुने सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने छिन् । समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको छ ।

सम्मेलनमा प्रतिनिधिसहित नेपाल र ८१ राष्ट्रबाट २५ सय जनाको सहभागिता रहेने छ ।

प्रकाशित : २७ आश्विन २०७६, सोमबार १६:५८