इन्टरनेट चलाएरै अर्बपति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

इन्टरनेट चलाएरै अर्बपति



internet-richएजेन्सी । इन्टरनेट मिडिया कम्पनीले चिनियाँ उद्योगी झाङ झिडोङ अर्बपति बने । फोब्र्स पत्रिकाको यो वर्षको अर्बपतिमा झिडोङ २ सय ५४ स्थानमा रहेका छन् । उनको कुल सम्पत्ति ७ अर्ब अमेरिकी डलर रहेको छ ।
एक चिनियाँ विश्वविद्यालयमा सँगै पढ्ने साथीसँग मिलेर झाङ झिडोङले एउटा इन्टरनेट मिडिया कम्पनी खोलेका थिए । चीनको सेन्जेनका बासिन्दा ४३ वर्षीय झिडोङ सम्पत्तिको स्रोत भनेको आफैंले सञ्चालन गरेको इन्टरनेट मिडिया हो ।

उनले सेन्जेन विश्वविद्यालयबाट कला– विज्ञानमा स्नातक, साउथ चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबाट कलामा स्नातकोत्तर गरेका हुन् ।
फोब्र्स पत्रिकाको अर्बपतिको सूचीमा उनी पहिलोपटक परेका भने होइनन् । अघिल्लो वर्ष उनी त्यो सूचीमा ३ सय ५ औं स्थानमा थिए । चिनियाँ अर्बपतिहरुको सूचीमा भने उनी १८ औं स्थानमा छन् ।

प्रकाशित : १३ जेष्ठ २०७२, बुधबार ०२:१२