एनआरएनएको अध्यक्षमा पन्तको उम्मेदवारी घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

एनआरएनएको अध्यक्षमा पन्तको उम्मेदवारी घोषणा



काठामाडौ । गैर आवसीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा आज पत्रकार सम्मेलन गरि उनले उमेद्वारीको घोषणा गरेका हुन् । उनी वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् ।

जर्मन तथा युरोपका विभिन्न देशहरुका होटेलमा लगानी गरेका पन्तले नेपालका जलविद्युत्, बैंकिङ्ग र सिमेण्ट उद्योगमा लगानी गरेका छन् । पन्तले आफ्नो चुनावको एजेण्डाको रुपमा स्वदेशको समृद्धि र लगानीमैत्री वातावरणलाई प्रथमिकता दिएको जानकारी दिएका छन् । त्यस्तै आफू निर्वाचित भए बैदेशिक रोजगारीलाई व्यवस्थापन, एनआरएनएको नागरिकता र मतदानको अधिकारलाई सुनिश्चितका साथै व्यवस्थापन गर्ने जानकारी दिए ।

प्रकाशित : ३ आश्विन २०७६, शुक्रबार १३:५७