डिम्याट खाता खोल्न कडाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

डिम्याट खाता खोल्न कडाई



काठमाडौं । नेपाल धितोपत्र बोर्डले निक्षेप सदस्यहरुको निरीक्षण गर्न सीडीएस एन्ड क्लियरिङलाई निर्देशन दिएको छ ।

निक्षेप सदस्यहरुले सम्बन्धित व्यक्ति स्वयं उपस्थित नहुँदासमेत डिम्याट खाता खोलेको, एकै व्यक्तिले धेरै व्यक्तिको डिम्याट खाता खोल्ने र नविकरण गर्ने गरेको गुनासो बढे पछि बोर्डले यस्तो निर्देशन दिएको हो ।

यस सम्बन्धमा निक्षेप सदस्यहरुको निरिक्षण गरी १५ दिनभित्र निरीक्षण प्रतिवेदन पेश गर्न धितोपत्र बोर्डले सीडीएससीलाई निर्देशन दिएको हो । धितोपत्र बोर्डको नियम अनुसार हाल १ जना व्यक्तिले २ वटा सम्म डिम्याट खाता खोल्न सक्छ ।

अवैध कारोबारका लागि १ जनाले २ भन्दा बढी खाता खोलेको वा अन्य व्यक्तिका नाममा समेत खाता खोलिएको आशंका बोर्डले गरेको हो । आफ्ना निक्षेप सदस्यहरुमा सुक्ष्म नियमन गर्न बोर्डले निर्देशन जारी गरेको हो ।

प्रकाशित : २७ भाद्र २०७६, शुक्रबार १३:४८