घर न घाटको बनाउने यस्तो व्यवसाय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

घर न घाटको बनाउने यस्तो व्यवसाय



काठमाडाै । धादिङका सरोज थापामगरलाई नेटवर्किङ कम्पनीका एजेन्टले एक वर्षमै करोडपति बनाउने विश्वास दिलाएका थिए । मासिक ४० हजार रुपैयाँ तलब, कामका आधारमा पद र तलब पढ्दै जाने बताएपछि हौसिएका उनले आफूसँग भएको र सरसापट गरेर ३ लाख ६५ हजार रुपैयाँ एजेन्टलाई बुझाए ।

राष्ट्रिय बाणिज्य बैंकमा २४ हजार मासिक तलब पाइरहेको जागिर छोडेर उनी कपलवस्तुतको सीमावर्ती भारतीय बजार पचपेडवा पुगे । त्यहाँको एक कम्पनीमामा केही दिन काम गरे । एजेन्टले भनेअुसार तलब पाइनन् । आस नमरेका कारण काम गरिरहे । जब कम्पनीमा प्रहरीले छापा मा¥यो, उनी छाँगाबाट खसेझै भए ।

कम्पनीका प्रमुख व्यक्ति पक्राउ परेपछि मात्रै मगरले आफू ठगीएको थाहा पाए । तीन महिनादेखि उनी तनावमा छन् । छिमेकी उत्तरप्रदेशको बलरामपुर जिल्लास्थित पचपेडवामा एमस्टेप प्रोग्रेसिव प्रालिले सञ्चालन गरेको नेटवर्किङ व्यावसायमार्फत धेरै नेपाली ठगीएका हुन् । प्रारम्भिक रुपमा उनीहरुबाट कम्पनीले ७ करोड रुपैयाँ ठगी गरेको देखिएको इलाका प्रहरी कृष्णनगरले जनाएको छ । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

प्रकाशित : १२ श्रावण २०७६, आईतवार ०८:०८