बढ्यो अमेरिकी डलरको भाउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बढ्यो अमेरिकी डलरको भाउ



काठमाडौं । बिहीबार अमेरिकी डलर सहित सबै देशको भाउ बढेको छ । साताको पहिलो दोस्रो र तेस्रो दिन लगातार घटेको विनिमयदर हिजो बुधबार र आज बिहीबार निरन्तर उकालो लागेको हो ।

आज अमेरीकी डलर एकको खरिददर ११० रुपैयाँ ७ पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ ६७ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३७ रुपैयाँ ६४ पैसा र बिक्रिदर १३८ रुपैयाँ ३९ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ५१ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३९ पैसा रहेको छ। 

त्यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ७३ पैसा, बिक्रिदर २६ रुपैयाँ ८७ पैसा रहेको छ। त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३६१ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्रिदर ३६३ रुपैयाँ ६८ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २९१ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्रिदर २९३ रुपैयाँ ५५ पैसा रहेको छ।
 

प्रकाशित : ९ श्रावण २०७६, बिहीबार ०७:४४