स्मार्ट लाइसेन्स छपाइमा सरकारलाई धोका « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

स्मार्ट लाइसेन्स छपाइमा सरकारलाई धोका



मद्रास सेक्युरिटी प्रिन्टर्स (एमएसपी) ले स्मार्ट लाइसेन्स छपाइका लागि प्रयोग हुने लेजर बेस्ड मास प्रिन्टर सर्तबमोजिम तोकिएको समयमा उपलब्ध नगराएर सरकारलाई फेरि धोका दिएको छ ।

एमएसपीले मास प्रिन्टर खरिदका लागि ठेक्का सम्झौता भएको ६० दिन अर्थात असार २९ गतेभित्र प्रिन्टर आपूर्ति गरिसक्नुपथ्र्यो तर भएन ।

विभागका कम्प्युटर निर्देशक श्रीचन्द शाहले एमएसपीले असारभित्र ल्याउनुपर्ने प्रिन्टर अझै नल्याएको बताए । यसअघि पनि एमएसपीले साढे ११ लाख कार्ड लेजर प्रविधिबाट प्रिन्ट गर्ने ठेक्का पाएकोमा सम्झौता अवधिभरमा मुस्किलले आठ लाख स्मार्ट लाइसेन्स प्रिन्ट गरेर सरकारलाई धोका दिएको थियो । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रकाशित : ९ श्रावण २०७६, बिहीबार ०७:३२