रोनाल्डो आतंक जारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

रोनाल्डो आतंक जारी



काठमाडाै । खैरहनी नगरपालिका १२ को जनकपुर टोलमा सोमबारराति जंगली हात्ती ‘रोनाल्डो’ पस्यो ।

रोनाल्डोले होमनाथ धमलाको घरभित्र पसेर थन्क्याएको करिब चार क्विन्टल धान लगेर बारीमा पोख्यो । केही खायो, बाँकी छरेर नोक्सान गर्यो ।

गोविन्द प्रसाद भट्टको काठको भकारी भत्काउन लाग्दा परिवारले थाहा पाए र सबै गाउँले मिलेर लखेटे । गाउँकै रेशमराज भट्टको खेतमा रोपेको धानबालीमा समेत क्षति गरेको छ ।

करिब १० कट्ठामा रहेको धानबाली नष्ट गरेको सो वडाका अध्यक्ष टीकाराम तिमल्सिनाले बताए । कुमरोज मध्यवर्ती सामुदायिक वन नजिक बस्तीमा बेलाबेलामा हात्तीले दुःख दिने गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रकाशित : ८ श्रावण २०७६, बुधबार ०८:१५