काठमाडाै उपत्यकाकाे उपभोक्ता मुद्रास्फीति ७.१ प्रतिशत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

काठमाडाै उपत्यकाकाे उपभोक्ता मुद्रास्फीति ७.१ प्रतिशत



काठमाडाै । जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.२ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.१ प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ मुद्रास्फीति जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम समूहको मुद्रास्फीति ३.० प्रतिशत रहेको थियो ।

जेठ महिनामा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति ५ प्रतिशत रहेको थियो । क्षेत्रगत उपभोक्ता मुद्रास्फीति जेठ महिनामा काठमाडौं उपत्यकामा ७.१ प्रतिशत, हिमालमा ६.५ प्रतिशत, तराईमा ५.८ प्रतिशत र पहाडमा ५.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ३.१ प्रतिशत, ६.४ प्रतिशत, ४.२ प्रतिशत र ४.९ प्रतिशत रहेको थियो ।

जेठ महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.२० प्रतिशत र भारतको ३.१८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ४.१ प्रतिशत र भारतको ५ प्रतिशत रहेको थियो । थोक मुद्रास्फीति जेठ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति १.२ प्रतिशत रहेको थियो । राष्ट्रिय तलव तथा ज्यालादर सूचकाङ जेठ महिनामा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ ९.५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ ६.३ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकाङ ६.६ प्रतिशत र ज्यालादर सूचकाङ १०.३ प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित : ३ श्रावण २०७६, शुक्रबार १५:२८