काठमाडाैँ । दक्षिण कोरिया जान भाषा परीक्षामा पास हुनेमध्ये आधामात्र जान पाउने भएका छन् ।
यो वर्ष दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रमा ४ हजार ७ सय र कृषि मूलक क्षेत्रमा २ हजार कामदार लैजाने भएको हो ।
यो वर्षको ईपीएस परीक्षामा १२ हजार ९ जना पास भएका छन् । यीमध्ये दक्षिण कोरियाले ६ हजार ७ सय मात्र कामदार लैजाने इपिएस साखा सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिएका छन् ।
भदौ ४ देखि १८ गतेसम्म सीप परीक्षण दक्षिण कोरिया जान पाउने–नपाउने निश्चित गर्ने भण्डारीले जानकारी दिए । सीप परीक्षणको लागि असार २० देखि २९ गतेसम्म रजिस्ट्रेसन फारम भरिसक्नु पर्ने इपिएस शाखाले जनाएको छ।
Comment