काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालमा पहिलो पटक वित्तीय साक्षरता बारे अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसै असार १७ र १८ गते उक्त सम्मेलन आयोजना गर्ने नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले जानकारी दिए।
बोर्डका अनुसार सम्मेलनमा अमेरिका, दक्षिण अफ्रिका, अष्ट्रेलिया काजाकिस्तान, सिंगापुर, थाइल्याण्ड, भुटान, चीन, भारतलगायतका देशहरुका करिब करीब १०० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ।
कार्यक्रममा प्रमुख अतिथि तथा प्रमुख बक्ताको रुपमा अर्थमन्त्री डा. युवराज खतिवडालाई निमन्त्रणा गरेको धितोपत्र बोर्डले जनाएको छ।





Comment