प्रभु बैंकले पायो ५ देशमा सम्पर्क कार्यालय खोल्ने सैद्धान्तिक सहमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

प्रभु बैंकले पायो ५ देशमा सम्पर्क कार्यालय खोल्ने सैद्धान्तिक सहमति



काठमाडौँ । प्रभु बैंकले विभिन्न ५ देशमा आफ्नो सम्पर्क कार्यालय खोल्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको छ ।

बैंकले अष्ट्रेलियाको सिड्नी, भारतको राजधानी दिल्ली, मलेसियाको राजधानी क्वालालाम्पुर, कतारको राजधानी दोहा र संयुक्त अधिराज्य बेलायतको एल्डरसट शहरमा आफ्नो सम्पर्क कार्यालय खोल्न लागेको हो ।

प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको अधिनमा रही प्रभु बैंकले ६ महिनाभित्र सम्बन्धित देशका नियामक निकायबाट उल्लेखित स्थानहरुमा बैंकको सम्पर्क र प्रतिनिधि कार्यालय खोल्न स्वीकृति प्राप्त गर्नेछ ।

त्यसपछि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरी सम्बन्धित सबै सम्पर्क र प्रतिनिधि कार्यालयहरुबाट बैंकले आफ्नो सेवा सुरु गर्नेछ ।

बैंकले देशभर १ सय ८६ शाखा कार्यालय, १ सय ३९ वटा एटिएम तथा २३ वटा एक्सटेन्सन काउण्टर कार्यालयहरु सहितको सञ्जालका माध्यमबाट १२ लाख भन्दा बढि ग्राहकहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित : १३ असार २०७६, शुक्रबार २०:३१