इन्फिनिटी लघुवित्तको आइपिओ बाँडफांड बुधबार, २ लाख ६७ हजार बढी आवेदक हात खाली हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

इन्फिनिटी लघुवित्तको आइपिओ बाँडफांड बुधबार, २ लाख ६७ हजार बढी आवेदक हात खाली हुने



काठमाडाै । इन्फिनिटी लघुवित्तले निष्काशन गरेको आइपिओ बुधबार बाँडफांड हुने भएको छ । बिक्रि प्रबन्धक सिभिल क्यापिटलले बुधबार बिहान १० बजे शेयर बाँडफांड गर्ने तयारी गरेको हो ।

आईपिओमा १० गुणा बढीको आवेदन परेको छ । कम्पनीले सोमबारदेखि सर्वसाधारणलाई ६ करोड ७४ लाख बराबरको ६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये कम्पनीको कर्मचारीलाई १० हजार ३ सय ७० कित्ता र सामुहिक लगनी कोषको लागि ३३ हजार ७ सय कित्ता सुरक्षित गरिएको छ । बाँकि रहेको ६ लाख २९ हजार ९ सय ३० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन।

आईपिओमा अन्तिम दिन बेलुका ५:१५ बजेसम्ममा ३ लाख ३० हजार १ सय ३७ आवेदकले ६७ लाख १० हजार ८ सय ९० कित्ताको लागि आवेदन दिएका थिए । यो कम्पनीले माग गरे भन्दा १०.६५ गुणा बढी हो । आवेदन भेरीफाई हुँदा यो संख्या केहि तल माथि भएको क्यापिटलले जनाएको छ । कम्पनीको आईपीओ गोलाप्रथा बाट ६२ हजार ९ सय ९३ ले मात्र पाउने छन् । यस हिसाबमा २ लाख ६७ हजार बढी आवेदक हात खाली हुने सम्भावना छ ।

प्रकाशित : २१ जेष्ठ २०७६, मंगलवार १७:२५