काठमाडाै । विद्युतीय प्रणालीमार्फत मुलुकभरका कुनै सहकारी संस्थाबाट आफ्नो खातामा रकम जम्मा गर्न र झिक्न सक्ने गरी अन्तर सहकारी कारोबार गर्न सक्ने व्यवस्था संगै सहकारीहरु यो सेवा प्रदान गर्न आकर्षित भएका छन ।
राजधानीमा कार्य क्षेत्र बनाएर सञ्चालनमा रहेका एलाइभ बचत तथा ऋण सहकारी संस्था, व्यक्तीविकास बचत तथा ऋण सहकारी संस्था,कामियावी बहुउद्देश्यीय सहकारी संस्था,मल्टी ट्रस्ट बचत तथा ऋण सहकारी संस्था, नव विशाल बचत तथा ऋण सहकारी संस्था, नेजु गुरु बचत तथा ऋण सहकारी संस्था, पन्चदेवी बचत तथा ऋण सहकारी संस्था , शैलुङ्गेश्वर प्रगतिशिल बचत तथा ऋण सहकारी संस्था र उदयश्री बचत तथा ऋण सहकारी संस्थाबिच यही बैशाख १८ गते देखि लागु हुने गरि अन्तर सहकारी कार्यक्रम लागु भएको हो
। सहकारी संस्थाहरुको भुक्तानी रसिद मार्फत बचत भुक्तानी दिने र बचत लिने ब्यवस्था सहित सम्झाैता भएको नेजु गुरु बचत तथा ऋण सहकारी संस्था प्रबन्ध निर्देशक रामकृण श्रेष्ठले जानकारी दिए । सहकारीलाई अन्य बैंक तथा वितिय सस्था जस्तै प्रभावकारी, व्यवस्थित र छिटो छरितो सेवा दिन सक्ने बनाउन सहकारी नियमावली २०७५मा यस्तो ब्यवस्था गरिएको छ ।
Comment