४ कम्पनीको १ करोड १८ लाख कित्ता शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

४ कम्पनीको १ करोड १८ लाख कित्ता शेयर सूचिकृत



काठमाडाै । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा चार वटा कम्पनीको १ करोड १८ लाख ९१ हजार ९८ दशमलव ९ कित्ता शेयर सूचिकृत भएको छ । जसमा ३ वटा कम्पनीको बोनस शेयर मात्र २२ लाख ६६ हजार ९८ दशमलव ८९ कित्ता शेयर सूचिकृत भएको छ भने एक कम्पनीको आईपीओ ९६ लाख २५ हजार कित्ता शेयर सूचिकृत भएको छ ।

पाँचथर पावर कम्पनीको ९६ लाख २५ हजार कित्ता शेयर आईपीओ सूचिकृत भएको छ भने बोनस शेयरमा समता लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता, स्वावलम्बन लघुवित्त संस्थको १२ लाख ५७ हजार ७७७ कित्ता र तिनाउ विकास बैंकको ६ लाख ८ हजार ३२१ द्यशमलव ८९ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।

प्रकाशित : २० बैशाख २०७६, शुक्रबार १४:२४