नेपालीको प्रतिव्यक्ति आय वार्षिक एक हजार ३४ अमेरिकी डलर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेपालीको प्रतिव्यक्ति आय वार्षिक एक हजार ३४ अमेरिकी डलर



काठमाडौँ । नेपालीको प्रतिव्यक्ति आय वार्षिक एक हजार ३४ अमेरिकी डलर पुगेको छ । राष्ट्रिय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार गत वर्षको तुलनामा २६ डलर वृद्वि भइ एक हजार ३४ डलर पुगेको हो । यो वर्ष आर्थिक वृद्धिदर ६ दशमलव ८१ प्रतिशत रहने विभागको अनुमान छ ।

यो सँगै सरकारले तेस्रो पटक उच्चदरको आर्थिक वृद्वि हासिल गर्ने देखिएको हो। यस वर्ष सरकारले आठ प्रतिशत आर्थिक वृद्धिदर र्पुयाउने लक्ष्य लिएको थियो। नेपालको कुलग्राहस्थ उत्पादन ३४ खर्ब रुपियाँ आधार मूल्यमा पुगेको छ भने कुलगार्हस्थ उत्पादनमा ८० प्रतिशत उपभोग खर्च भएको छ । कुलगार्हस्थ उत्पादनमा प्रदेश तीनको योगदान ४० प्रतिशत रहेको छ ।

प्रकाशित : १४ बैशाख २०७६, शनिबार ०७:५५